राजनीति

मन्त्री खोज्दै भौतारिँदै प्रधानमन्त्री प्रचण्ड

मन्त्री खोज्दै भौतारिँदै प्रधानमन्त्री प्रचण्ड

prachanda-malaसाउन २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तारका लागि आफूलाई समर्थन गर्ने राजनीतिक दलका नेतासँग परामर्श थालेका छन् । माओवादी केन्द्रका तीन र काँग्रेसका दुई मन्त्रीलाई आफूसँगै शपथ गराएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तारका लागि शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवास बूढानिलकण्ठ पुगेर छलफल गरे ।

‘देउवासँग मन्त्रिपरिषद विस्तार, मधेसी मोचासँग भएको तीनबुँदे सहमति र काँग्रेस–माओवादी केन्द्रबीच भएको सातबुँदे  सहमतिलाई कार्यतालिका बनाएर कार्यान्वयनमा लैजानेबारेमा छलफल भएको हो । दाहालका छोरा प्रकाशका अनुसार शनिबार नै राप्रपालाई दुईजना मन्त्रीको नाम पठाइदिन पत्र पठाइएको छ । प्रधानमन्त्री दाहालको पार्टी माओवादी केन्द्रभित्र पनि मन्त्री बन्ने आकांक्षी धेरै भएका कारण व्यवस्थापन गर्न कठिनाई भइरहेको स्रोतले बतायो ।

प्रधानमन्त्री निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने मधेसी मोर्चाका नेताहरुले भने संविपधान संशोधनपछि मात्र सरकारमा सहभागी हुने जनाउ दिएका छन् । तर मोर्चाभित्र आठ मन्त्रालय लिएर सरकारमा सहभागी हुनुपर्ने आवाज उठिरहेको छ । अन्नपूर्ण पोस्टबाट

विशेष