राजनीति

मालदार वा पावरफूल मन्त्रालय नपाउँदा अर्जुन नर सिंह देउवासँग रुष्ट

मालदार वा पावरफूल मन्त्रालय नपाउँदा अर्जुन नर सिंह देउवासँग रुष्ट

Arjun-narsing-kcसाउन २३ । कांग्रेस महाधिवेशनका वेला संस्थापनबाट देउवा पक्षमा सरेर महामन्त्रीका उम्मेदवार बनी पराजित अर्जुननरसिंह केसी सरकारमा जाने विषयमा सभापतिसँग असन्तुष्ट भएका छन् ।

आफूले रोजेजस्तो मन्त्रालय नपाएको भन्दै उनी सरकारमा जान मानेन् । उनले पार्टीको तर्फबाट आफ्नो नेतृत्वमा सरकारमा जाने र गृह मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने माग गरेका थिए । त्यसो नभएमा स्थानीय विकास, भौतिक योजना तथा यातायात मन्त्रालय उनको प्राथमिकतामा थियो । तर, देउवाले रक्षा वा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिन भनेपछि अस्वीकार गर्दै सपथ लिन जान मानेन् । जनतासँग सीधै जोडिएको मन्त्रालय नदिएकाले मन्त्री नभएको उनको भनाइ छ ।

विशेष