ओली सरकार ढाल्न घामपानी केही नभनि खटेका जनार्दनले भनेछन्, ‘तिम्रो मन्त्रालय तिमारु नै बनाओ’
साउन २४ । नेकपा माओवादी केन्द्रभित्र पाँच मन्त्री छान्न मारामारको स्थिति उब्जिएको छ । कार्यदक्षता र कार्यकुशलभन्दा पनि नेताहरुलाई चाकडी गर्न कुशल भएमा मन्त्री पद पाइने स्थिति बनेपछि मओवादीभित्र चाकडीवाद हावी भएको बताइन्छ ।
अर्थमन्त्रायमा जनार्दशन शर्मा र गिरिराजमणि पोखरेलले समेत जान रुचाएका थिए । तर, प्रचण्डले नेताहरुलाई पेलेरै कृष्णबहादुर महरलाई अर्थमन्त्री बनाएपछि शर्माले तिम्रो मन्त्रालय तिमारु नै बनाओ भन्दै साउन २० गते मन्त्री छान्ने अन्तिम बैठकबाट झोक्किएर निस्किएको बताइन्छ । माओवादीले आफ्नो भागमा परेको आठ मन्त्रालय मध्ये तीन मन्त्रालय टुंग्याइसकेको छ । पाँच मन्त्रालयमा दर्जन बढीले रुची देखाएका छन् । साँघु साप्ताहिकबाट