नेपालमा सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नरोकिने
साउन २४ । नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रभावशाली विज्ञले बताएका छन् ।
हाल नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्यूट अफ इन्टरनेसनल कन्टेम्पोरेरी इन्टरनसनल रिलेसन्सका अध्यक्ष जी चियेले चीन अध्ययन केन्द्रद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । सिआइसिआइआर चिनियाँ राष्ट्रपति नेतृत्वको स्टेट काउन्सिल मातहत रहने बौद्धिक संस्था हो । –अन्नपूर्ण पोस्ट्बाट