राजनीति

जनतालाई मूर्ख बनाएर प्रचण्ड लोकप्रिय प्रधानमन्त्री बन्न खोजिरहेको तथ्य भेटियो

जनतालाई मूर्ख बनाएर प्रचण्ड लोकप्रिय प्रधानमन्त्री बन्न खोजिरहेको तथ्य भेटियो

Prachanda 34 साउन २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केपी ओली जस्तै चर्चित प्रधानमन्त्री बन्ने दौडमा लागेका छन् । तर परिस्थिति शुरु देखि नै उनको पक्षमा देखिएको छैन । सस्तो लोप्रियताका लागि उनले मन्त्रिपरिषद बैठकदेखि नै भ्रम फैल्याउने काम गर्दै आएका छन् । पहिलो मन्त्रिपरिषदमा उनले मधेस आन्दोलनका क्रममा १० लाख रुपैयाँ दिने निर्णय गरे । जुन कुरा ओली सरकारले निर्णय गरी पैसा समेत वितरण गरिसकेको थियो । तर प्रचण्डले उक्त निर्णय गरेर भ्रम फैल्याए । पहिलो मन्त्रिपरिषद्मै उनले अर्को झुटको खेती गरे । चिकित्सक नपुगेको हरेक स्वास्थ्य चौकीमा ३ महिनाभित्र चिकित्सक पठाउने निर्णय गरेका छन् । जुन ओली सरकारकै पालामा निर्णय भएर कार्यान्वयनमा अघि बढीसकेको थियो । दृष्टि साप्ताहिकबाट

विशेष