राजनीति

मन्त्री छन्न माअाेवादी केन्द्रले बैठक बाेलायाे

मन्त्री छन्न माअाेवादी केन्द्रले बैठक बाेलायाे
moastसाउन - २५ । आफ्नो भागमा परेका ८ मन्त्री मध्ये बाँकी ५ मन्त्री छान्न माओवादी केन्द्रको बैठक मंगलबार बस्दैछ । पार्टीबाट को को बन्ने भन्ने विषयमा अझै आधिकारिक निर्णय भइसकेको छैन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल निकट नेताहरुका अनुसार मन्त्री चयन भने लगभग टुङ्गो लागिसकेको दाबी गरेका छन् । त्यस अनुसार जनार्दन शर्माले माओवादीको भागमा परेका मन्त्रालय मध्ये रोजेर मन्त्रालय पाउने छन्। तर उनको आँखा उर्जा मन्त्रालयमा परेको पार्टी नेताहरुको भनाइ छ । अर्का नेता प्रभु शाहले कानुन मन्त्रालय पाउने सम्भावना छ । तर उनको  आँखा पनि ऊर्जा मन्त्रालयमा परेको केही नेताहरुको दाबी छ । पार्टी नेता तथा पूर्व उर्जामन्त्री टोपबहादुर रायामाझी पनि  शाहको समर्थनमा जुटेका छन् । अर्का नेता डीआर पौडेल शिक्षा मन्त्री बन्ने सम्भावना रहेको छ। ‘नारायणकाजी श्रेष्ठ समूहले शिक्षा मन्त्रालयमा केही विशेषज्ञता हासिल गरिसकेको छ । त्यसकारण शिक्षा मन्त्रालय उहाँहरूले पाउनु हुन्छ,’ दाहाल निकट एक नेताले भने । प्रचण्ड निकट नेता हितराज पाण्डेले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाउने भएका छन् । त्यसैगरी नेता राम कार्कीले सूचना तथा सञ्चार मन्त्रालय पाउने लगभग सहमति छ । उनलाई पार्टी नेता शक्ति बहादुर बस्नेतले साथ दिएका छन् । तर,समानुपातिक प्रतिनिधित्व मिलाउने कुरा राज्य मन्त्री नियुक्ति मार्फत हुने प्रचण्ड निकट नेताहरुले बताएका छन्।

maobadi baithak

विशेष