कोकको बिर्काे खाेल्दा छिस्स आवाज र फिँज निस्किनुको रहस्य
साउन – २५ । गर्मी महिनामा कोक, फेण्टा र डिउ जस्ता कोल्ड ड्रिङ्कस् पिउन पक्कै नि तपाईँलाई मन पर्छ होला । र यी ड्रिङ्कस् गर्मीयाममा प्रशस्तै ले पिउने गरेका छन् । अझ झन् चीऽसो कोकको बोतलको छिस्स आवाज सुन्दै पिउनुको मज्जा नै बेग्लै हुन्छ ।
तर, कोकको बोतल खोल्दा त्यो छिस्स आवाज किन निस्किन्छ , अनि बोतलबाटै बाहिर निस्कने गरी किन फिँज निस्किन्छ भन्ने प्रश्न उब्जिनु स्वाभाविक हो ।
कोक बनाउन प्रयोग गरिने पानीमा त्यसमा कार्बनडाइअक्साइड ग्याँस घुलाइएको हुन्छ । ग्याँसलाई पानीमा घोल्न सुन्नमा असम्भव जस्तो लाग्छ तर यो साधारण वायुमण्डलीय दवावमा भन्दा उच्च दवावमा बढी घुलाउन सकिन्छ ।
त्यसरी उच्च दवावमा घुलाइएको कार्बनडाइअक्साइड ग्याँसले नै कोकको फिँज र त्यो बेजोड स्वाद प्रदान गर्न मद्दत गर्दछ ।
अर्को कुरा, बोतलको बिर्को नखोलुञ्जेलसम्म भित्रको चाप र बाहिरको चापमा ठूलो अन्तर रहेको हुन्छ । अनि जब हामी बोतल खोल्छौँ, तब भित्र र बाहिरको चाप समान हुन खोज्छ । भित्रको उच्च चापमा रहेको काबर्नडाइअक्साइ ग्याँस द्रुत गतिमा बाहिर निस्कदाँँ छिस्स आवाज निस्कन्छ ।
बोतल भित्रको तरल पदार्थमा घुलेर बसेको ग्याँस अब बाहिर निस्कन थाल्छ । यसरी तरल पदार्थबाट बाहिर निस्कने बित्तीकै त्यहाँ ग्याँसका फोकाहरू फुट्न थाल्दछन् र फिँज उत्पन्न हुन्छ र सोही फोकाहरुका कारण तरल पदार्थ पोखिन थाल्छ । यो क्रम भित्र र बाहिरको चाप बराबर नभएसम्म बन्द हुँदैन ।
बोतल भित्र हावाका फोका सकिएपछि अब बिर्को लगाएर बोतल हल्लाउनुस् , अब न त फिँज आउँछ न बिर्को खोल्दा छिस्स आवाज नै ।
cock ko rahasya