ताजा खबर राजनीति

आफूमाथि शकां नगर्न प्रधानमन्त्री प्रचण्डकाे आग्रह

आफूमाथि शकां नगर्न प्रधानमन्त्री प्रचण्डकाे आग्रह
prachanda-nepalaaja साउन - २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गरेर आदिवासी जनजाति र मधेसीका माग सम्बोधन गरिने भन्दै सरकारमाथि शंका नगर्न आग्रह गरेका छन् । औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले माग सम्बोधनका लागि नै संघीय गठबन्धनसँग सहमति गरेको बताएका छन । आदिवासी जनजाति र मधेसी लगायतका समुदायले संविधानमा आफ्नो पहिचान स्थापित भएको महसुश नगरेसम्म मुलुकको राष्ट्रिय एकता मजबुत हुन नसक्ने प्रचण्डले बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संविधानले कुनैपनि जातजाति र भाषाभाषीमाथि विभेद नगरेको बताए । उनले नयाँ माग राख्नतिर भन्दा प्राप्त उपलब्धीकोे संरक्षण गर्नतिर ध्यान दिन आदिवासी जनजातिका अगुवासँग आग्रह गरेका छन् । कार्यक्रममा आदिवासी जनजातिका अगुवाहरुले जातीय पहिचानको विषयलाई नकारात्मक रुपमा नलिन आग्रह गरेका थिए । उनीहरुले प्रमुख दलका शिर्ष नेतामाथि एकल जातीयवादी बनेको आरोप समेत लगाएका छन्

pm pushpakamal dahal prachanda Prachanda

विशेष