राजनीति

अदृश्य शक्तिले पशुपति शमशेरलाई चलाएको छ कि कमल थापालाई ? यस्तो छ वास्तविक्ता

अदृश्य शक्तिले पशुपति शमशेरलाई चलाएको छ कि कमल थापालाई ? यस्तो छ वास्तविक्ता
Kamal Thapa - Pasupati Samser साउन – २५ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अदृश्य शक्तिले पार्टी एकता हुन नदिएको भन्दै भारत र पशुपतिशमशेर जबराको सम्बन्धलाई जोड्न खोजेका छन् । भारतीय राजघराना ससुराली भएका जबराले छोरीसमेत उतै दिएका छन् । त्यस हिसावले पशुपतिको कनेक्सन भारततर्फ रहेको बुझ्न गाह्रो छैन । श्री ३ मोहनशमशेरका नाति पशुपतिको सम्बन्ध भारतीय सत्तासँग पारिवारिक विरासतका रुपमा नैर्सगिक जस्तो छ । तर, यसो भन्दैमा पशुपतिशमशेरको राष्ट्रियतामाथि कर्के नजर लगाउने नैतिक धरातल कमल थापाको छैन । राप्रपा नेपालका अध्यक्ष एंव पूर्व परराष्ट्रमन्त्री कमल थापा विवादस्पत् पात्र हुन् । राष्ट्रियताको नारामा राजनीति गरेका कमल थापाले मधेश समस्या सामाधानका लागि नेपाल सरकारले तयार पारेको अवधारणालाई लाहा छाप लगाउन दिल्ली धाएको धेरै भएको छैन । देशको आन्तरिक मामिला हल गर्नका लागि दिल्लीको पूर्व स्विकृति लिन जाने र पूर्व स्विकृति दिइएको अवधारणा दिल्लीबाटै बाहिर आउन कुरा राष्ट्रियतासँग सम्बन्धित छ ? राणा पक्षका नेताहरुले औंला उठाइरहेका छन् । राजाले सक्रिय शासन हातमा लिएपछि प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको क्याबिनेटमा कमल थापा दोस्रो बरियताका शक्तिशाली मन्त्री थिए । परराष्ट्रमन्त्री रहेका थापाको कार्यकालमा भारतीय दुतावासलाई कुनै ठाऊं विशेषमा ३ करोडसम्म लगानी गर्न दिने निर्णय गरियो । स्वविवेकले ठाऊं र लगानी निर्धारण गर्न पाउंने भएपछि दुतावास समानान्तर सरकारजस्तो बन्यो । कमल थापाले संविधानसभाको निर्वाचनमा जाँदा भारतीय दुतावासलगायत कसैलाई पनि स्वविवेकले लगानी गर्न नपाउंने मुद्धा उठायो । सिंहदरबार प्रबेश नगरुन्जेल उनले सो निर्णयलाई महाभुल भन्दै सच्चाउनुपर्ने बताइरहे । ‘अरुले के गर्छन थाहा छैन । हामी भने सच्चाउनुपर्छ भन्नेमा छौं । यसरी समानान्तर सरकार संचालन गर्ने अधिकार संसारमा कहीं हुंदैन ।’ थापाले एक अन्तरवार्तामा भनेका थिए । त्यसको केही समयपछि थापा निर्णय सच्चाउने मन्त्रालय अर्थात परराष्ट्र र स्थानीय विकास दुबैको मन्त्री भए । पटकपटक दिल्ली धाउन सक्ने तर राष्ट्रवादको कुरा गरेर नथाक्ने थापाले यो निर्णय सच्चाएनन् । उनले प्रस्तावमात्रै पनि मन्त्रिपरिषद्मा लगेको भएपनि उनको नाक जोगिन्थ्यो । उनले त्यत्ति पनि गरेनन् । राप्रपाबाट मन्त्री भइसकेका एक नेताले भने,‘सरकारमा छंदा उतैको सेवा गर्नेले ठूला कुरा गर्ने ? उहाँलाई हामीले जति नजिकबाट कस्ले चिन्या छ र ?’

kamal Thapa Pasupati Samser Rana Raprapa

विशेष