अभिलेख

रियोका भेन्यु म्यानेजरले मैदानमै प्रमिकासँग राखे विवाहको प्रस्ताव

रियोका भेन्यु म्यानेजरले मैदानमै प्रमिकासँग राखे विवाहको प्रस्ताव
roi साउन २५ । सोमबार ब्राजिलको डेओडोरो रंगशालामा अनौठो दृश्य देखिएको थियो । अष्ट्रेलियाले रग्वी सेभेनको इतिहासमा पहिलो पटक ओलम्पिक स्वर्ण पदक हासिल गरेर पदक वितरण गरेको थियो । सोही समयमा मार्जोरी एन्या मैदानमा पुगे र ब्राजिली खेलाडी इसाडोरा सेरुल्लोलाई भने, ‘म तिमीसँग विवाह गर्न चाहन्छु ।’ ओलम्पिक आयोजक राष्ट्र ब्राजिलका २८ वर्षीय एन्या रियोका भेन्यु म्यानेजर हुन् । उनले मैदानमा पुगेर प्रेमीकासँग अंकमाल गरे र माइक्रोफोनबाट भावुक भाषण गरे । एन्याका अनुसार सार्वजनिक रुपमा विहेको प्रस्ताव राख्दा उनी नर्भस भइनन्, दुई वर्षदेखिको सम्बन्धलाई उनले सार्वजनिक गर्ने भनेका थिए कि ‘उनी मेरो जीवनको माया हुन् ।’

Rio Olampic

विशेष