प्रचण्डले भनेछन्, ‘केपी ओलीबाट धोका पाउँदाको बदला लिन खोजेका हुन भारतीयले’
साउन २६ । अघिल्लो बुधबार बिहान दोस्रोपटक प्रधानमन्त्रीमा छानिनु अघि प्रचण्डले पार्टीको बैठक बोलाएर आफ्ना सारथीहरुसँग एउटा रमाइलो कुरा गरे । भन्दै थिए, ‘केपी ओलीबाट धोका पाउँदाको बदला लिन खोजेका हुन् भारतीयले । हामीले चाहीँ उनले जसरी दक्षिणलाई चिढ्याउनु हुन्न ।’ आफ्नो छिमेक नीतिबारे स्पष्ट पार्दैै थपे, ‘रणनीतिक रुपमा त्रिदेशीय साझेदारीकै कुरामा म अडिन्छु । यो कुरालाई उत्तरले स्वीकार्दैन भन्ने लाग्दैन । बरु हामीप्रति सहानुभूति नै देखाउँछ ।’ सरकारमा मधेसका समस्यालाई कसरी हल गर्ने योजना छ ? भन्ने जस्ता सहकर्मीका जिज्ञासा हल गर्दै आश्वस्त पारे, मधेसी मोर्चासँग पनि कुरा मिल्छ । शुरुदेखि नै ३० दलीय मोर्चामा बसेको अनुभव पनि छ हामीसँग ।
उनले आफ्ना नेतालाइ निक्कै गम्भीर भएर भने, ‘अब एमालेलाई चाहीँ धेरै चिढ्याउनु हुन्न है साथीहरु । संसदीय प्रणालीमा आएपछि स्थायी शत्रुता कोहीसँग पनि हुन्न । एमालेसँग तुरुन्तै सहकार्यको वातावरण बन्न सक्छ । तर यो भनेको केही दिनमै प्रचण्डले राजदूत सिफारिसको निर्णय उल्टाइदिए । जनआस्था साप्ताहिकबाट