राजनीति

‘राज्यमन्त्रीसम्म मिलाइदिए हुन्छ, बदलामा कांग्रेसका मन्त्री र अरुपार्टीले गरेका कामको सुराकी गर्छु’

‘राज्यमन्त्रीसम्म मिलाइदिए हुन्छ, बदलामा कांग्रेसका मन्त्री र अरुपार्टीले गरेका कामको सुराकी गर्छु’

hari charan shahसाउन २६ । ‘कमरेड मलाई फुलमन्त्री चाहिएन । राज्यमन्त्रीसम्म मिलाइदिए पुग्छ । बदलामा कांग्रेसका मन्त्री र अरु पार्टीले सरकारविरुद्ध गरेका सबै कामको सुराकी गर्छु ।’ यसरी व्यवस्थापिका संसदको एक सिटै माननीयले बानेश्वरमा अर्थमन्त्री कृष्णबहादुर महरालाई खेलाउनु हत्तु खेलाए । नयाँ मन्त्रिमण्डल गठन भएसँगै व्यवस्थापिका संसदका एक सिटे दुई सिटे सांसदले मन्त्री पद माग्दै मच्चाएको रुवाबासी र कोकोहोलोको प्रशंग हो यो ।

प्रचण्ड प्रधानमन्त्री बनेकै दिन संविधानसभा भवनको एउटा कुनामा लगेर कानेखुसी गर्ने अरु कोही नभएर उनै हरिचरण साह हुन् । महराले जवाफमा कांग्रेसको सुराक चाहिएको छैन, तपाई सांसद हो । त्यही हैसियतमा रहनुहोस् । मन्त्री बनाउने निर्णय म एक्लैले गरेर हुँदैन । कांग्रेससँग पनि सल्लाह गर्छु । भन्दै फर्काएका रहेछन् । जनआस्था साप्ताहिकबाट

विशेष