राजनीति

औचित्यका आधारमा मात्र संविधान संशोधन हुनेःओली

औचित्यका आधारमा मात्र संविधान संशोधन हुनेःओली
  kp oli copy साउन – २६ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्यका आधारमा मात्र संविधान संशोधन हुने बताएका छन् । (कांग्रेस–माओवादी) सत्ता साझेदार र गठबन्धनबीच संविधान संशोधनका लागि सबै पक्षलाई मनाउने सहमती भएको थियो । तर, निवर्तमान प्रधानमन्त्री केपीले संविधानको संशोधन औचित्यको आधारमा हुने, जस्ले मागे पनि जहिले मागे पनि गरिने कुरा नभएको पत्रकारलाई बताए । उनले भने– ‘कसैले बाटो–बाटो संशोधन माग्दैमा संविधान संशोधन हुँदैन ।’ यता, सत्ता साझेदार दलका नेता प्रचण्ड र देउवाले मधेसी मोर्चासहितको संघीय गठबन्धनलाई उनीहरुको माग संविधान संशोधनमार्फत पुरा गर्ने सहमति गरिसकेका छन् । उक्त सहमतिपछि प्रधानमन्त्रीको मतदानमा गठबन्धनले प्रचण्डका पक्षलाई मोर्चाले मतदान गरेको थियो । संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी एमालेको समेत सहमतिको आवश्यकता पर्दछ । योभन्दा अगाडि मधेसी मोर्चा र पछि गठबन्धनले ओली सरकारसँग संविधान संशोधन गरेर प्रदेशहरुको सिमांकनलाई फेर्न माग गरेको थियो ।

KP Sharam Oli nekapa umale

विशेष