राजनीति

तमलोपामा पदाधिकारीको टुङ्गो लाग्याे

तमलोपामा पदाधिकारीको टुङ्गो लाग्याे
tamlopa-20531 साउन - २६ । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले महाधिवेशन सकिएको झन्डै दुई महिनापछि पदाधिकारी तथा थप केन्द्रीय सदस्यको टुङगो लगाएको छ । असारको पहिलो साता नवलपरासीमा सम्पन्न महाधिवेशनले केन्द्रीय समितिमा रहेका बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो । यद्यपि केही पदाधिकारीको भने अझै टुङ्गो लागिसकेको छैन । महाधिवेशनले अध्यक्षमा महन्थ ठाकुरलाई निर्वाचित गरेको थियो । आज थप पदाधिकारी चयन गर्दै पार्टीले वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठी, उपाध्यक्ष द्वयमा वृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्लालाई तोकेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै महामन्त्रीद्वय जङ्गीलाल राय यादव र वृजेश गुप्ता, सहमहामन्त्रीमा राकेश मिश्र र जयप्रकाश ठाकुर तथा कोषाध्यक्षमा अनिता यादव चयन भएकी छिन् । त्यसैगरी? केन्द्रीय सदस्यमा जितेन्द्र सोनल, विजयकुमार गुप्ता, विमल श्रीवास्तव, उमाकान्त झा, सुरेशकुमार मण्डल, कृष्णा सिंह, महाजन यादव, पशुपति दयाल मिश्रा, जनार्दन यादव, जितेन्द्र सिंहलगायत नेता छन् । तमलोपाका अनुसार पदाधिकारीसहित ५७ सदस्य निर्वाचित र १६ जना केन्द्रीय सदस्य मनोनित भएका छन् । रासस

Mahanta Thakur Tamalopa

विशेष