राजनीति

उपप्रधानमन्त्रीसहित दुई महत्वपूर्ण मन्त्रालय नपाए सरकारमा नजाने

उपप्रधानमन्त्रीसहित दुई महत्वपूर्ण मन्त्रालय नपाए सरकारमा नजाने
Bijaya Gacchadarसाउन – २७ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित दुई मन्त्रालयको सर्त अघि सारेका छन् । उनले बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मलेन गरेर दुई महत्वपूर्ण मन्त्रालय नपाए आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका हुन् । मधेसी मोर्चाको दबाव र कांग्रेसले अनिच्छाका कारण प्रधानमन्त्री प्रचण्डले फोरम लोकतान्त्रिलाई सरकारमा सहभागी गराएको छैन । उपप्रधानमन्त्री दिन नसक्ने भन्दै प्रचण्डले दुई मन्त्रालय भने फोरम लोकतान्त्रिकका छुट्याएका छन् । फोरम लोकतान्त्रिकले अन्तिम समयमा केपी ओली नेतृत्वको सरकार छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट दिएको थियो ।

Bijaya Kuamr Gachyedar

विशेष