राजनीति

राप्रपा एकीकरण प्रयत्न कायमै

राप्रपा एकीकरण प्रयत्न कायमै
  साउन - २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पुनःएकीकरणको प्रयत्न गर्ने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले राष्ट्रवादी शक्तिबीच एकताको खाँचो औँल्याउँदै अन्तरिम विधान परिमार्जन भएपछि पार्टी एकता हुने विश्वास व्यक्त गरे । उनले आफ्नो पार्टीले विधान अध्ययनका लागि केही समय माग गरेकाले यही साउन २५ गते गर्ने भनिएको एकीकरणको घोषणा हुन नसकेको प्रस्ट पारे । राप्रपा नेपालले सोही दिन नै दुई पार्टीबीच एकीकरण अध्याय अन्त्य भएको घोषणा गरेको थियो । अन्तरिम विधानमा राप्रपा नेपालका अध्यक्षलाई बढी अधिकार प्रत्यायोजन गरिएकाले त्यसलाई संशोधन गर्नुपर्ने बताइएको छ । रासस

kamal Thapa Pashupati Samser

विशेष