राजनीति

सरकारमा जान गच्छदार आतुर, शेरबहादुर बनिदिए ‘भिलेन’

सरकारमा जान गच्छदार आतुर, शेरबहादुर बनिदिए ‘भिलेन’

Bijaya Gacchadarसाउन २८ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा लैजान कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । फोरम लोकतान्त्रिक कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि कुरा गर्दै पार्टीका एक उच्च नेताले त्यसको खुलासा गरे । उनले पार्टी बैठकमा पनि यसबारे चर्चा भएको खुलाए ।

‘प्रचण्डजी हामीलाई सरकारमा लिन तयारै हुनुहुन्छ । उहाँको तर्फबाट कतै अप्ठ्यारो छैन, ती नेताले भने, ‘तर शेरबहादुरजी मानिराख्नुभएको छैन । किन अप्ठ्यारो मान्नु भएको हो, थाहा हुन सकेको छैन ।’ यसबीच गच्छदारले देउवालाई मनाउने कोसिस गरे पनि उनले चासो नदेखाएको फोरम लोकतान्त्रिकका अर्का नेताले बताए । ती नेताले प्रधानमन्त्री दाहालका निकटस्थसँग कुराकानी गर्न गच्छदारलाई सुझाव प्राप्त भएको समेत खुलाए । कान्तिपुर दैनिकबाट

विशेष