राजनीति

उपेन्द्र यादवद्वारा मधेशमा दुई प्रदेशको घोषणा

उपेन्द्र यादवद्वारा मधेशमा दुई प्रदेशको घोषणा

upendra-yadav-nepalaaja

हामी मधेशमा दुई प्रदेशको पक्षमा रहदै आएका छौं । राज्य पुर्नसंरचना आयोगले दिएको प्रतिवेदनको आधारमा हामीले यसो भनेका हौं । हाम्रो माग त समग्र मधेश एक प्रदेश भन्ने थियो, तर विज्ञद्वारा प्रस्तावित ढाँचालाई हामीले पछ्याएका हौं । आज हामीले जनकपुरबाट झापादेखि नारायणी अर्थात चितवनसम्मको क्षेत्रमा तराई मधेश प्रदेश घोषणा गर्दैछौं । खाशमा यो पार्टीको संरचना हो । हामी संघीय संरचनापनि यही हुनुपर्छ भन्ने हिसावले पार्टीको संयन्त्र बनाउन लागेका हौं ।

यसअघि हामीले कपिलवस्तुमा नवलपरासीदेखि कञ्चनपुरको क्षेत्र समेटेर तराई थारुवान प्रदेश घोषणा गरिसकेका छौं । कुनै नेता विशेषले बनाएको संघीय संरचना संविधानमा लादिएको छ । स्वार्थले भरिएको संरचनाले संघीयताको मर्मलाई समेटेको छैन । त्यसैले हामीले तराई मधेशको भुभागमात्र समेटेर २ प्रदेशको पार्टी कमिटी घोषणा गरेका हौं ।

यो पार्टीको आन्तरिक संयन्त्र भएकाले मोर्चाका अन्य घटकसँग सरोकारको विषय होइन । मोर्चाले जस्तो प्रादेशिक संरचनाको कल्पना गरेको छ, हाम्रो पार्टी कमिटिपनि त्यस्तै बन्दैछ ।

(टेलिफोन कुराकानीमा आधारित)

upendra yadav

विशेष