राजनीति

जनार्दन शर्माले सभापतिकाे पदबाट राजीनामा दिने

जनार्दन शर्माले सभापतिकाे पदबाट राजीनामा दिने
janardan साउन - २८ । व्यवस्थापिका-संसद् सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिने भएका छन् । समितिको शुक्रबारको बैठकको प्रारम्भमा उनले सो जानकारी गराएका हुन् । उनले बदलिँदो राजनीतिक परिस्थितिमा आफूले पदबाट राजीनामा दिन लागेको बताए। शर्माले शुक्रबार समितिको बैठकमा प्रमुख प्रतिपक्षी दलले समितिको सभापति चलाउने प्रचलन रहेको बताए । उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गरेको अवस्था रहेका कारण राजीनामा दिएको बताए। दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको व्यवस्थापिका-संसद्अन्तर्गतको सो समितिको सभापति पदमा शर्मा सर्वसम्मत चयन भएका थिए।

Byabasthapika samsad Janardan Sharma

विशेष