विचित्र विश्व

सबैभन्दा धेरै बाँच्ने ग्रीनल्याण्ड शार्क

सबैभन्दा धेरै बाँच्ने ग्रीनल्याण्ड शार्क
whale 2 साउन – २८ । ग्रीनल्याण्ड शार्क संसारमा सबैभन्दा वढी समयसम्म जीवित रहने मेरुदण्ड प्राणी  भएकाे वैज्ञानिकहरुले पुष्टी गरेका छन् । अनुसन्धानकर्ताहरूले २८ जनावरहरूको उमेर निर्धारण गर्न रेडियोकार्वन डेटिङ प्रयोग गरेका थिए । ति अनुसन्धानकर्ताहरुले एक स्त्री जाती ग्रीनल्याण्ड शार्क करिब ४०० वर्ष पुरानो भएको बताएका छन् । Whale अनुसन्धानका क्रममा साे टोलीले शार्क एक वर्ष मा १ से.मी बढ्ने र १५० को उमेरमा यौन परिपक्वता पुग्ने फेला पारेकाे अनुसन्धान विज्ञान पत्रिकाले बताएकाे छ । प्रमुख लेखक जुलियस निल्सन् , विश्वविद्यालय कोपेनहेगनको एक समुद्री जीव वैज्ञानिकले भने ‘हामी एक असामान्य पशुको सामना गर्छाै भन्ने आशा थियो, तर मलाई लाग्छ शर्क सम्बन्धि अनुसन्धान गरिरहेका अाफू जस्तै पुरानो अनुसन्धानकर्ताहरु याे कुराले अचम्मित छन् ।’ याे भन्दापूर्वकाे मेरुदण्ड रेकर्ड अनुसार एक धनुस टावेके ह्वेल २११ वर्ष पुरानो भएको अनुमान थियो । वैज्ञानिकले माछाको उमेर कानको हड्डी मार्फत आंकडा गर्न सक्छन् । तर ग्रिनल्याण्डको नरम शरीर भएको कारण वैज्ञानिकहरुले चलाखीपूर्ण आंकडा गर्न विभिन्न विधि अपनाए । अन्तमा तिनीहरुले विशेष प्रकारले बनेको आँखाको लेन्सबाट उमेर पत्ता लगाएको हो । यदि जीवको दीर्घायु प्रतियोगितामा ल्याइयो भने, मिंग भनिने मेरुदण्ड नभएको ५०७ वर्ष पुरानो क्लैमले सबैभन्दा वृद्ध पशुको शीर्षक लिएको छ ।

shark

विशेष