राजनीति

सरकार गिराउने र बनाउने छिनाझप्टिमैं संसदवादी दलहरु लागिरहेको डा भट्टरार्इकाे आरोप

सरकार गिराउने र बनाउने छिनाझप्टिमैं संसदवादी दलहरु लागिरहेको डा भट्टरार्इकाे आरोप
Dr Baburam Bhattari साउन – २८ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संघीय सीमांकन, शासकीय स्वरुप र जनजीविकाको समस्या तत्काल सम्बोधन गर्नु पर्ने बताएका छन् । पार्टीको राजनीतिक संवाद समितिद्वारा शुक्रबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संयोजक भट्टराइले संविधान कार्यान्वयन गर्नु भन्दा पनि सरकार गिराउने र बनाउने छिनाझप्टिमैं संसदवादी दलहरु लागिरहेको आरोप लगाए । ‘संविधान जारी भएको करिव एक वर्ष हुन लाग्यो तर मधेसीका समस्या समाधान भएका छैैन ।’ भट्टराइले भने ’बढ्दो महंगी र भ्रष्टाचारले देश आक्रात छ ।’ राजनीतिक दलहरु पुरानै संसदीय ढर्रामा लागेकाले युवाहरुमा राजनीतिप्रति वितृष्णा जागृत भएको बताए । देशको वर्तमान समस्या समाधान गर्नका लागि दलहरुबीच सहमतिका साथै संविधान संशोधन गरेर अगाडि बढ्नुको कुनै पनि बिकल्प स्पष्ट पारे । अवको डेढ वर्षभित्र देशमा तीनवटा निर्वाचन गर्नु पर्ने भएकाले उक्त कार्य सम्पन्न गर्न सकेको खण्डमा मात्रै संविधान मान्य हुने उनको भनाइ छ । प्राप्त उपलव्धिको रक्षा गर्दै पूर्णं प्राप्त गर्ने तर्फ लाग्नु नैं आजको आवश्यकता रहेकाले पाए पेट भरी खाने नपाए थोरै खाएर शक्ति आर्जन गर्दै गर्दै जाने बताएका छन् । संविधान जारी हुन नसक्दा संवैधानिक संकट उत्पन्न हुने खतरा बढ्नै र सीमांकनको विवाद कायम रहँदासम्म संविधानको सफल कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे । समानुपातिक सहितको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बाहुमात ल्याउन नसक्ने भएकाले सरकारको स्थायीत्वका लागि प्रत्यक्ष विर्वाचन प्रणालीको अवलम्बन गर्नुपर्नेमा भट्टराईले जोड दिए । डा भट्टराइले भने,– भर्खरै बदलिएको सत्ता समीकरणका पात्र र प्रविृत्तिलाई हेर्ने हो भने मुलुकको राजनीतिक अवस्था ५० को दशकमा रहेको अवस्थाभन्दा खासै फरक छैन ।’

Dr. Baburam Bhattari Naya Shakti Nepal

विशेष