साउन – २८ । ब्रिटेनको राजधानी लण्डनमा राष्ट्रकै पहिलो नग्न छत (टेरेस) यो हप्ता खुल्ने भएको छ । उक्त टेरेशमा जाने व्यक्ति अनिवार्य रुपमा आफ्ना लुगा खोल्नु पर्ने छ । यो छत आगन्तुकहरुलाई प्रोत्साहन गर्न बनाइएको डेलिमेलले बताएको छ ।

६० फिट उचाइमा रहेको उक्त टेरेशबाट संसद भवनलगाएत विग बेन, लन्डन आइज र विस्टमिन्स्टर एब्बेल प्रमुख सहरकाे शान्दार दृष्य देखिन सकिने छ ।

लण्डनमा अाउँदाे हप्ताबाट तातो बतास चल्ने सिजन सुरु हुँदै छ । त्यसैले पनि उक्त नग्न छतमा पर्यटक बसेर खुला हावामा ताजा पेय पद्धार्थको आनन्द लिन सकिने छन् । त्यस्तै सनवाथ लिनको लागि पनि यो ठाउँ उपयुक्त हुने बताइन्छ ।

यो टेरेश लण्डको पहिलो नग्न रेस्टुरेन्टपछिको दाेस्राे हाे हो । यसको उद्घाटन व्यापक रुपमा गरिने भएको छ । यो ठाउँलाई लण्डनको एउटा उदीयमान नग्नता हेर्न आउने महत्वपूण स्थान बन्ने अनुमान गरिएको छ । साथै साहसिक पर्यटकहरु पनि यो टेरिसमा आफ्नो काम नग्न अवस्थामा गर्न सक्ने छन् । स्विंग बल र बाउन्स जस्ता खेल नग्न अवस्थामा खेलर रमाइलो गर्न सक्ने छन् ।

सेट–अप नाऊ टिभीले आफ्नो नयाँ सम्झौता ‘कन्ट्रयाक्ट फ्रि कम्बो’अनुसार यो टेरेशको प्रवद्र्धधन कार्य शुरु गरिसकेकाे छ । गीडन ग्याज्, नाऊ टिभीका प्रबन्ध–निर्देशक भन्छन् ‘एक राष्ट्रका भएर पनि हामी निरन्तर आफ्नो जीवनमा अलग भइरहेको देखिन्छ ।’ उनले थपे– ‘हामी परम्परागत अधिवेशनलाई भंग गर्दै जोने छौँ । पहिले अनुबन्धन, र अब लुगा ।’

नयाँ अनुसन्धान गरेर खोल्ने तयारी गरिएको यो नग्न टेरेशले अहिलेका युवा पुस्ताले आफ्ना आमाबाबुको तुलना जीवनमा कुनै रुपमा बाँधिएका छैनन् भनेर देखाउन खोजेको बताइएको छ ।

उक्त अनुसन्धानका अनुसार ३० वर्षभन्दा मुनिका ३८ प्रतिशत, ३० वर्ष भन्दा माथिका १५ प्रतिशत र ब्रिटेनभन्दा बाहिरि देशमा रहेका युवाहरु मध्ये २८ प्रतिशत यस्तो नग्न ठाउँ मनपराउने गरेको भेटिएको छ ।

यस टेरेशमा जान चाहनेलाई टेरेश खुल्नु अगावै अनलाइन दर्ता गर्ने सुविधा पनि रहेको छ ।

तस्बिर डेलिमेलडट्कम साभार गरिएकाे हाे ।
London
Naked