राजनीति

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न नेता नेपालको चेतावनी

आन्तरिक मामिलामा हस्तक्षेप नगर्न नेता नेपालको चेतावनी
ljb]zL x:tIf]k ;xo gx'g] Pdfn] kf6L{sf jl/i7 g]tf Pjd k'j{k|wfgdGqL dfwjs'df/ g]kfn nf]stflGqs dw];L ;ªu7g k;f{n] z'qmaf/ jL/uGhdf cof]hgf u/]sf] sfo{stf{ k|lzIf0f sfo{qmdnfO{ ;Daf]wg ub}{ . pxfFn] g]kfnsf] cfGtl/s dfldnfdf l5d]sLn] x:tIf]k ug{ gx'g] wf/0ff /fVg'eof] . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;; साउन २८ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको आन्तरिक मामिलामा छिमेकी देशले हस्तक्षेपन गर्न चेतावनी दिएका छन् । नेकपा (एमाले) निकट लोकतान्त्रिक मधेसी सङ्गठन, पर्साले आज वीरगन्जमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता नेपालले दलहरूबीच रहेको मनमुटाव देशभित्रै समाधान गर्नुको सट्टा विदेशीलाई गुहार्दा देशकै बेइज्जती हुने जनाए । उनले जनताको हितमा काम गर्दा पार्टीको साख बलियो हुने र विदेशीलाई गुहार्दा देशको सम्मान घटनुको साथै पार्टीहरूप्रति जनतामा वितृष्णा हुने भएकाले विदेशी गुहार्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए । उनले एमाले पार्टीलाई मधेसविरोधी भएको प्रचार गरी जनतालाई गुमराह गरिने काम भएकाले त्यस्ता भ्रममा नपरी जनताको अधिकारका लागि सङ्घर्ष गर्ने पार्टीले जनविरोधी काम नगर्ने दाबी गरे । पोलिटब्युरो सदस्य एवम् लोकतान्त्रिक मधेसी सङ्गठनका अध्यक्ष रघुविर महासेठले मधेसी जनतासँग भएका विभेदलाई संविधान संशोधन गरी सम्बोधन गर्नुपर्ने बताएका छन् । -रासस

madhab kumar nepal parsa

विशेष