चुनाव नै नगराउने षडयन्त्र भएको भन्ने ओलीको भनाइ सत्य पो हुन लाग्यो
साउन २९ । सीमांकन धकेल्न कांग्रेस लबिङ स्थानीय तह पुन संरचना सीमांकन र नामांकनपछि सार्न नेपाली कांग्रेसले लबिङ सुरु गरेको छ । अघिल्लो सरकारले सीमा निर्धारण आयोगलाई तोकेको समयसीमा सकिनै लाग्दा सीमांकन र नामांकन कार्यमा अझै छलफल आवश्यक रहेको भन्दै कांगे्रस म्याद थपको लबिङमा लागेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले यही साउन मसान्तभित्र आयोगलाई सीमांकन र नामांकन रिर्पोट बुझाउन समयसीमा तोकेको थियो । आयोगले सोही अनुरुप प्रतिबेदन बुझाए त्यसले झन समस्या ल्याउने कांग्रेसको तर्क छ । शुक्रबार कांग्रेसका दुई दर्जन जिल्लाका सभापतिले भेला गरी सीमांकन र नामांकनबारै प्रतिबेदन बुझाउने मिति कम्तिमा एक महिना सार्न माग गरे ।
‘मुलुक संघीयतामा गएकाले स्थानीय निकायको पुन संरचना गर्दा व्यापक छलफल हुनुपर्ने भए पनि अहिले पर्याप्त छलफल नभएकाले कम्तिमा एक महिनाको समय थप्नुपर्छ भन्ने भेलाको निष्कर्ष हो ।’ कांग्रेस बर्दियाका सभापति सञ्जय गौतमले भने । आयोगको पुरा अवधि आउँदो फागुनसम्म तोकिए पनि सीमांकन र नामांकन सक्ने मिति भने यही साउनसम्म तोकिएको थियो ।–नागरिक दैनिकबाट