अधिकांश मुलुकमा उपप्रधानमन्त्री नै हुँदैनन्, नेपालमै चाहिँ यस्तो नौटंकी किन ?
साउन २९ । तीन करोड जनसंख्या भएको मुलुकमा दर्जनभन्दा बढी मन्त्रालय नै आवश्यक नपर्ने विज्ञहरुको सुझाव आइरहेकै बेला कुनै कामै नभएका उपप्रधानमन्त्रीको पगरी थप्न नयाँ सरकार गठनसँगै वरिष्ठ भन्त्रीहरु तँछाडमछाड गर्न थालेका छन् ।
उपप्रधानमन्त्री हुँदा सरकारको मर्यादाक्रममा उक्लिनुबाहेक व्यक्तिगरुपमा अरु कुनै फाइदा हुँदैन । बरु उपप्रधानमन्त्री भइसकेपछि फेरि मन्त्रीमा झर्न मर्यादाले दिँदैन । फेरि मन्त्री हुने ढोका बन्द हुन्छ । तर पनि किन गठबन्धनमा रहेका सबै दललाई उपप्रधानमन्त्री चाहिन्छ सरकारमा सहभागी हुन ?
प्रशासन सुधारका ज्ञाता काशीराज दाहाल उपप्रधानमन्त्री एजनाभन्दा बढी बनाउनु शासनको हिसाबले गलत तथा प्रशासिनिक र कार्यसम्पदानका हिसाबले पनि झन्झटिलो र अप्राकृतिक हुने बताउँछन् । ‘कुनै वरिष्ठ र समाजमा उच्च सम्मान भएको व्यक्ति सरकारमा छ भने उसलाइ सम्मानस्वरुप उपप्रधानमन्त्री बनाउनु उपयुक्त हुन्छ’ दाहालले भने । अन्नपूर्ण पोस्ट्बाट