राजनीति

प्रचण्ड सरकारमा विद्यार्थी नेताको बोलवाला

प्रचण्ड सरकारमा विद्यार्थी नेताको बोलवाला
Himal-Rames-Ramdeepa साउन – २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वविद्यार्थी नेताहरुलाई नेतृत्वमा स्थापित गर्न खोजेको देखिएको छ । तीन विद्यार्थी नेतालाई सिंहदरबारमा महत्वपूर्ण भुमिका दिएर उनले सोको संकेत गरेका हुन । अखिल क्रान्तिकारीका पूर्वनेताद्वय रमेश मल्ल र रामदीप आचार्यले प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी पाएका छन् । मल्ल स्वकीय सचिव भएका छन् भने आचार्यले जनसम्पर्क सल्लाहकारको जिम्मेवारी पाएका छन् । सल्यानका मल्ल क्रान्तिकारीका निवर्तमान अध्यक्ष हुन् भने जाजरकोटका आचार्य केही बर्ष पहिले उपाध्यक्ष थिए । मल्ल र आचार्य दुबै युद्धबाट राजनीतिमा उदाएका हुन । उनीहरु दुबै सरल र सहजरुपमा तल्लो तहसम्म जानसक्ने युवा नेताका रुपमा परिचित छन् । माओवादी विभाजन भएपछि मोहन बैद्यतर्फ लागेका आचार्यले पार्टी एकीकरणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । क्रान्तिकारीका पूर्व अध्यक्ष एंव त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरका पूर्व स्ववियू सभापति हिमाल शर्मा अर्थमन्त्रीको प्रमुख स्वकीय सचिव भएका छन । युद्धको बेला भैरवनाथ गणमा २७ महिना राखिएका थिए । प्रचण्डप्रति कडा टिप्पणी गर्ने क्रान्तिकारी पूर्व अध्यक्ष लेखनाथ न्यौपानेलाई माओवादीको काठमाडौं संयोजक बनाइएको छ । रणनैतिक महत्वको जिल्ला काठमाडौंमा न्यौपानेलाई ल्याएर प्रचण्डले उदार मन देखाएको बताइन्छ । न्यौपाने अध्यक्ष हुंदा आचार्य, शर्मा र मल्ल क्रान्तिकारीको पदाधिकारी टिममा थिए । युद्धको पृष्ठभूमीबाट विद्यार्थी राजनीतिको केन्द्रमा पुगेका नेताहरुलाई प्रचण्डले साथ लिनुलाई माओवादीमा विद्यार्थी संगठनको साख बढेको अर्थमा लिइएको छ ।

Bodhyarthi Neta Himal Sharam Ramdeep Hraya Ramesh malla

विशेष