
साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार भएको भेटवार्तामा सरकार विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा कुराकानी भएको हो ।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएकाले समसामयिक विषयमा कुराकानी भएको थियो । रासस
bidhya devi bhandari
pm puspa kamal dahal