
साउन २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये पाँच मन्त्रालयलाई दाहालले अाइतबार पूर्णता दिने भएका हुन् ।
शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिले सरकार विस्तारका विषयमा चासो राखेपछि प्रधानमन्त्री दाहालले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने जानकारी गराएका हुन् । प्रधानमन्त्री दाहालले आइतबार माओवादीको भागमा परेका मन्त्रालयलाई पूर्णता दिने भएका हुन् ।
माओवादीको भागमा परेका आठ मन्त्री मध्ये तीन जनाले यसअघि नै सपथ लिइसकेका छन् । बाँकी पाँच जना मन्त्रीलाई अाइतबार नियुक्त गर्ने तयारी माओवादीले गरेको छ। तर, प्रधानमन्त्री दाहाललाई मन्त्री छनोटमा सकस भइरहेको छ । यसअघि तय भएको पाँच जनाको नामपनि हेरफेर हुनसक्ने स्रोतले जनाएको छ ।
pm puspa kamal dahal prachanda
sarkar bistar garne