राजनीति

मजाक बन्याे नेविसंघको महाधिवेशन

मजाक बन्याे नेविसंघको महाधिवेशन
Nepal-Students-Union 1 साउन – २९ । व्यवस्थापिका – संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी (नेविसंघ)को महाधिवेशन मजाकको विषय बनेको छ । पटक पटक मिति घोषण गर्दै र स्थगित हुँर्दै आएको नेविसंघ महाधिवेशन समयमा नहुने पुरानै रोग कायमै छ । गत २२ गतेबाट सुरु भएको नेविसंघको ११ औँ महाधिवेशन हो । महाधिवेशनलाई पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भव्यरुपमा उद्घाटन गरेका थिए । यहि महाधिवेशनले नेविसंघको भावी पदाधिकारीको निक्यल गर्नु पर्ने हुन्छ । यो भन्दा अगाडि सात पटकसम्म मिति तोक्दै स्थगित हुँदै आएको थियो । नेविसंघको महाधिवेशनपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवाले बताएका थिए । नेताहरुको भागबण्डा नमिलेपछि महाधिवेशन तोकिएको मितिमा हुने सकेको छैन । यता मन्त्रिपरिषद् विस्तार पनि भद्रगोल बनेको छ । साउन २२, २३, २४ गते महाधिवेन गर्ने भनेर विभिन्न जिल्लाबाट कार्यकर्तालाई काठमाण्डौमा ल्याएर थुपारिएको थियो । बन्दसत्र हुन नसक्दा काठमाण्डौ जिल्लाभन्दा बाहिरि जिल्लाबाट आएका कार्यकर्ता दुविधामा परेका छन् । पार्टीका नेताले आफ्नो पक्षमा नेत्रित्व ल्याउने खोज्नु र विद्यार्थी नेताले पनि पार्टी नेताको संरक्षण चाहनुले महाधिवेशन अस्तव्यस्त बनेको कार्यकर्ता बताउँछन् । यता, मधिवेशनका कारण प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पस र बाल्मिकी क्याम्पसको अध्ययन अध्यापन गत आइतबारदेखि ठप्प भएको छ । कार्यकर्ताले ती क्याम्पसको प्ररांगणमा पाल टांगेर बस्ने र खाना बनाउने क्यान्टिन संचालन गरेका छन् । शनिवार सातौँ दिन त्यहाँको अवस्था अस्तव्यस्त देखिन्छ । कार्यकर्ता निरास देखिन्छन् । कतिले त अव जिल्ला फर्किने योजना बनाएको पनि बताउँछन् । महाधिवेशन स्थल बाल्मिकी क्याम्पस र विश्वभाषा क्याम्पसको वरपर केही कार्यकता र प्रहरी बाहेक ठूला नेताहरु देखिदैनन् । एकछिन आउने र कार्यकर्तालाई सान्त्वना दिने अनि फर्किने गरेको कार्यकर्ताहरुको भनाइ छ । तीन दिनमा महाधिवेशन सक्ने भनिएता पनि आठौँ दिन वितिसक्दा मधिवेशनको कुनै टुंगो लाग्न सकेको छैन । निकै लामो अन्योल र विवादपछि सुरु भएको संघको महधिवेशनमा नेतृत्वका लागि तीव्र होडबाजी छ । संघको अध्यक्षमा हालसम्म नैनसिंह महर, जितजंग बस्नेत, मनोजमणि आचार्य, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । महामन्त्री पदमा मनोज वैद्य, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, मोतीलाल भण्डारी, विनयराम भट्ट, रमेश रिजाल, प्रचण्डविक्रम न्यौपाने, हिमालदत्त श्रेष्ठ, युवराज पाण्डे, मित्र भट्टराईलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन् । महाधिवेशनमा पदाधिकारी र सदस्यमा करिब ५०० उम्मेदवारी पर्ने देखिएको छ । संघले एक व्यक्ति एक पदको अवधारणा अनिवार्यरूपमा लागू भएको छ । संघको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । एक अध्यक्ष, सात प्रदेशबाट एक÷एकजना समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने छन् । संघको दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक–एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री, एक निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् । संघले दुई दुई वर्षमा अधिवेशन नगरे तीन महिनामा स्वतः केन्द्रीय समिति भंग हुने गरी विधानको बनाएको छ ।  २०२७ वैशाख ६ गते स्थापना भएको नेविसंघकाे पछिल्लाे  महाधिवेशन २०६४ चितवनमा भएको थियो । नेवि संघमा हालसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, नारायणप्रकाश साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जीत कर्ण अध्यक्ष भइसकेका छन् ।

Nebi Sangh

विशेष