ओलीका मन्त्रीले ढाँटे जनता
साउन ३० । ‘म बनाउँछु मेरो धरहरा !’
वैशाख १२, २०७२ को शक्तिशाली भूकम्पले ढालेको ऐतिहासिक धरोहर धरहरा पुनर्निर्माण कुनै विदेशी दाताको पैसाले नगरी जनताकै लगानीमा गर्ने निर्णय गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनस्तरमै प्रशंसा पायो ।
सोहीअनुसार तत्कालीन सरकारले सार्वजनिक आह्वान पनि गर्यो । जनताले यसलाई ऐतिहासिक अवसर माने र धमाधम धरहराका नाममा दान गर्न थाले । अहिलेसम्म यो कोष्मा २ करोड २१ लाखभन्दा बढी जम्मा पनि भइसक्यो ।
बिडम्बना !
त्यतिबेलै मन्त्रिपरिषदले गरेको धरहरा पुनर्निर्माणमा सबै मन्त्रीले एक महिनाको तलब दान गर्ने निर्णय भने उनीहरु आफैले धोती लाइदिए । स्वयं ओलीबाहेक कुनै मन्त्रीले उक्त कोषमा पैसा हालेनन् । सरकार ढल्यो, निर्णय अधुरै रह्यो । नागरिक दैनिकबाट