मन्त्री हुन मान्छेले किन टाउको फोर्छन भन्ने मज्जैसँग बुझेँ
साउन ३० ।
कात्तिक २० गते जुन दिन तपाईले समपथ लिनु भयो, केही योजना बनाउनु भएको थियो ?
समाज र राजनीतिमा अझै गुणात्मक परिवर्तन भएको छैन । केही सुधारात्मक काम मन्त्रालयमा गएर गरौला भन्ने थियो । जसले गर्दा लामो समयसम्म जनता र देशकालागि सही छाप छाड्नु पर्छ भन्ने थियो ।
उदाहरणका लागि ?
पहिलो त मेरो मन्त्रालय सहकारी थियो । जानेबित्तिकै सहकारीबाट ठगिएकाहरुलको लुँडो लाग्न थालिहाल्यो । पीडितहरुबाट दैनिक रुपमा घेरबाबन्दीमा परेँ । मन्त्री नहुँदा पनि बाटो छेकेर सहकारी पीडितहरुले मसँग बिलौना गर्थे दुःखदर्द पोख्थे । सहकारीको नामबाट बैंकिङ काम गरेर चर्को ब्याज खाने सुदखोरहरुलाई ठाउँमा ल्याउनु भन्ने प्रयत्न गरे । तर सकिनँ ।
के हुँदो रहेछ त्यहाँ ?
सहकारी सञ्चालकहरु नै माननीय, बैंकका सञ्चालकहरु नै माननीय, स्कुल चलाएर करोडौ कमाएकाहरु नै शिक्षा ऐन बनाउन गएका, कैयौं म्यानपावर सञ्चालक मजदुरका काुनन बनाउन गएको थाहा भयो ।
यस्तो अवस्था देख्दा छाडौं जस्तो लागेन ?
मलाई भाग्नु पनि उचित लागेन । मन्त्रालयका कर्मचारी सबै त खराब थिएनन् । असल पनि थिए । तर मन्त्रिपरिषदमा जेजे दृश्य देखियो त्यो अजिब नै थियो । मन्त्री हुन मान्छेले किन टाउको फोर्छन किन बल गर्छन भन्ने कुरा क्याविनेटमा गएपछि बल्ल थाहा पाएँ ।
–नागरिक दैनिकमा प्रकाशित पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको अन्तरवार्ताबाट