धर्मनिरपेक्षताका विषयमा भारतले के भनेको रहेछ, हाम्रा नेताले कसरी कुरा बिगारेका रहेछन, कमल थापाले पोल खोले
साउन ३० । रामचन्द्र पौडेलले सर्वदलीय बैठकमा सोधे, ‘भारतले धर्म निरपेक्षताबारे भारतले के भनेको थियो ? तपाईहरुले के के बोलेर आउनु भयो ? त्यो सर्वदलीय बैठकमा शेरबहादुर देउवा उता कुनामा हुनुहुन्थ्यो , भन्नुभयो, ‘भारतीयहरुले धर्मनिरपेक्षता दिनुहुँदैन भनेर सल्लाह दिएका थिए । मैले सकेसम्म प्रयास गर्छु भनेको थिएँ । प्रयास गर्दा भएन, बाबुराम भट्टराई मानेनन् त मैले के गर्नु ?
त्यही बैठकमा प्रचण्डजीले भन्नुभयो, ‘मसँग पनि धर्मनिरपेक्षताका बारेमा कुरा गरको हुन् । मैले धर्मनिरपेक्षत शब्दको गलत अर्थ लगाएकोले यसको विकल्प खोज्छौं भनेको हुँ । यहा परिस्थिति त्यस्तै भयो, त्यसैले गर्न सकिएन । ’ उहाँहरुले यति कुरा भनेपछि मलाई वास्ताविकता थाहा भयो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापालको नेपाल साप्ताहिकमा प्रकाशित अन्तरवार्ताबाट