राजनीति

बाहिरतिर प्रचण्डको सत्तोसराप, भित्रभित्र प्रचण्ड भेट्न लुसुलुसु बालुवाटार

बाहिरतिर प्रचण्डको सत्तोसराप, भित्रभित्र प्रचण्ड भेट्न लुसुलुसु बालुवाटार

parchanda-baidhya-nepalaaja

साउन ३० । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले फेरि बन्दुक समाउने उद्घोष गरेका थिए । उनले प्रचण्डलाई पनि बन्दुक बोकाएर फेरि एक पटक सशस्त्र युद्ध गर्ने दाबीगरेका थिए ।

एक टेलिभिजन कार्यक्रममा बैद्यले बोलेको विषयले बजार लियो । उनको कुराबाट उनी वर्तमान राजनीतिक प्रक्रियाबाट सन्तुष्ट छैनन् भन्ने छर्लङग हुन्थ्यो । उनको पार्टीले त संविधानसभा निर्वाचन नै बहिष्कार गरेको थियो । पछिल्लो समय बादल समूह प्रचण्डसँग मिसिन गएपछि प्रचण्डको धार र मिसिन जानेहरु वैद्यको नजरमा ठीक मानिएनन् ।

तर विषय रोचक त शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देखियो । बाहिर बाहिर चर्को क्रान्तिका भाषण गर्ने बैद्य शनिबार साँझ प्रचण्डलाई बधाइ दिन बालुवाटार पुगे । केही समय प्रचण्डसँग कुराकानी पनि गरे । उनले बधाई दिएको खबर सिएम प्रचण्ड डटकमबाट पुष्टि भयो । तस्बिर पनि सोही पोर्टलले राखेको छ ।

विशेष