माओवादी महिला सांसदको आक्रोश ‘काँध थाप्ने नेता श्रीमान नहुँदा मन्त्री हुन पाइएन, क्षमता त बहाना मात्रै हो’
साउन ३० । मन्त्री हुन संक्रमणकालीन व्यवस्थाअनुसार सांसद हुनैपर्छ । माओवादी केन्द्रका २८ महिला सांसद छन् । ति मध्ये ओनसरी घर्ती सभामुख छिन । बाँंकी २७ जना मन्त्रीका लागि योग्य छन् । तर, मन्त्री हुने सौभाग्य कसैले पाएनन् ।
दुई जना राधिका दोङ र धनमाया विकलाई कृषि र शिक्षाको राज्यमन्त्री बनाएर प्रतिनिधित्वको प्रश्नबाट माओवादी उम्किन खोजेको छ । क्याविनेट मन्त्रीबाहेक अरुको भुमिका सारमा सहयोगीमात्र हुने गर्दछ ।
क्षमता र आन्तरिक छानबिनको कारण देखाउंदै उनीहरुलाई मन्त्री नबनाएको बुझिएको छ । प्रधानमन्त्री निकटस्रोतका अनुसार रेखा शर्मा उचित पात्र भए पनि पार्टीले केपी ओली सरकारमा सहभागीलाई नदोहोराउने नीति लिएकाले उनी फुत्किएकी हुन् ।
एकातिर क्षमतामाथि प्रश्न उठाउंदै मन्त्री नबनाइने सम्भावना बलियो थियो । अर्कोतिर बाहना बनिदियोः पासपोर्ट छानबिन । मन्त्री हुन ‘लायक’ केही पासपोर्ट दुरुपयोग गरे नगरेको भन्ने बारेमा आन्तरिक छानबिनमा छन् । अमिक शेरचन नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छैन ।
मुखैमा आएको मन्त्री पद दाबी गर्ने नैतिक धरातल गुमाएपछि महिला सांसद मौन प्रायः रहे । बाहिरकाले माओवादी नीतिलाई उदृत गर्दै महिलालाई मन्त्री किन नबनाएको भन्दै औंला उठाए । तर, सांसद रहेका महिला नै मौन बसेपछि समानुपातिक प्रतिनिधित्वको बहशपैरवी गर्ने माओवादीले पितृसत्ता कायम गदै मन्त्रिपरिषद्मा नाम पठायो ।
सचेतक रहेकी सुर्खेतकी सीता नेपालीको मन्त्री बन्ने सम्भावना बलियो थियो । तर, उनलाई पनि पासपोर्टको बात लाग्यो ।
यी हुन् माओवादीका महिला सांसद
अन्जना चौधरी बांके अनिता कुमारी परियार महोत्तरी आशा कोइराला गोरखा उषा किरण अन्सारी ओनसरी घर्ती रोल्पा २ कमला दोङ काभ्रे केशरी घर्तीमगर बाग्लुङ गोमा कुवर जुम्ला जानकीकुमारी साउद रावल अछाम तुलसा राना पाल्पा तेजकुमारी पौडेल कास्की दिलमाया धामी बारा दुर्गा खुना कन्चनपुर धनमाया विश्वकर्मा खनाल धनकुटा धना पहरी बैतडी निशाकुमारी शाह मोहत्तरी प्रतिक्षा तिवारी मुखिया धनुषा फुलझरी देबी पर्सा भेषकुमारी राउत भट्टराई उदयपुर राधिका तामाङ नुवाकोट रुपमा महर्जन श्रेष्ठ काठमाडौं रेखा शर्मा दाङ ललिताकुमारी रेग्मी दैलेख बेदमाया भण्डारी शाक्य संखुवासभा सृजना तरामु खत्री गुल्मी सीता नेपाली सुर्खेत सोनिया यादव रुपन्देही राममाया बोगटी नुवाकोट
क्षमताको कुरा बहानामात्र माओवादीले क्षमताको प्रश्न उठाउंदै महिला सांसदलाई मन्त्री बन्न बञ्चित गरेपछि भित्रभित्रै असन्तुष्टी बढेको छ । एक सांसदले भनिन्, ‘क्षमताको कुरा हेर्ने हो भने ओनसरी घर्तीको सभामुख हुंँने के चाहिँ क्षमता छ र ?’ हिजोको दिनमा क्षमतामाथि प्रश्न उठाउँंदा उठाउँंदै ओनसरी घर्ती, सत्य पहाडी, कमला रोक्का मन्त्री बनाइएका थिए । शैक्षिक पृष्ठभूमी पनि खासै केही नभएका यिनीहरुले मन्त्रालय चलाएकै थिए । परीक्षण नै नगरी पूर्वप्रतिवन्ध लगाइएको भन्दै केही महिला सांसदले प्रश्न गरे,‘ मन्त्री हुँंने श्रीमान नेता हुनैपर्ने जस्तो देखियो । शक्ति दाइ, गणेशमान दाइ र बर्षमान दाइ नेता नभएको भए सत्य, कमला र ओनसरीले मन्त्री बन्ने अवसर सायदै पाउंँथे, हैन र ?’
विभाजन र पराजय कारण माओवादी विभाजित हुंँदा पम्फा भुसाल, जयपुरी घर्ती, योशदा गुरुङ, सरला रेग्मी, अमृता थापालगायतका चर्चित नेतृहरु मोहन बैद्य नेतृत्वको माओवादीमा लागे । प्रचण्ड माओवादीमै रहेका सत्य पहाडी, धर्मशीला चापागाईं, पुण्यकुमारी सुवेदीलगायतका नेतृहरु पराजित भए । जसका कारण माओवादीमा मन्त्री बन्ने नेताको खडेरी पर्यो । पृष्ठभूमी तयार भइसकेका नेतृको हकमा श्रीमान नेता नभए पनि मन्त्री बनाउन करै लाग्थ्यो । अहिलेका लाई बहाना नै काफी भयो । काँध थापिने कोही भइदिएन ।
कस्ले के भने ? नेपाल आजले माओवादीका अधिकांश महिला सांसदलाई सम्पर्क गरेको थियो । फोन उठाएका सबेजसोको साझा धारणा थियो, ‘पार्टीले नीति बिर्सियो, समग्र महिलाको अबमूल्यन ग¥यो । हिजो पति नेता हुनेको परीक्षण गर्नै परेन । आज हाम्रो क्षमतामाथि प्रश्न उठाइयो । क्षमता नै थिएन भने किन सांसद बनाएको ?’ धेरैजसोले आफुलाई गोप्य राख्न आग्रह गरे । कतिपय सांसद खुल्नपनि तयार भए । उनिहरुको भनाइ जस्ताको तस्तै यहांँ प्रस्तुत गरिएको छ ।
कमला दोङ ‘यो सब हुनु भनेको हाम्रो पार्टीको पितृसत्तातमक सोचको कारणले हो । हाम्रो नेताहरुमा भएको सामन्ती सोचको कारणले गर्दा हो । ’
केशरी घर्ती मगर हाम्रो १ जना भए पनि महिला मन्त्री हुनुपर्छ भन्ने माग हो । तर अहिले पार्टीले एकतर्फी निर्णय गर्यो । पार्टी निर्णयमा गम्भीर भएन ।
गोमा कुँवर हाम्रो पार्टीमा पितृसत्तात्तमक सोचको अन्त्य भएको छैन । भागबन्डाको राजनीतिमा महिला अटाएनन । हाम्रा्े संर्घषलाई बुझेनन ।
निशाकुमारी साह पार्टीभित्र हामी जहिले पनि पीडित छौ । नेतृत्व तहबाट हामीलाई पछि पारिएको छ । हामी सक्षम हुदाहुँदै पनि केही भएन । संर्घषको मुल्यांकन भएन ।
बेदमाया भण्डारी पार्टीले के के गर्छ हामीलाई थाहा हुदैन । कुनै पनि निर्णय छलफलबाट हुँदैन । के के मिलाउदा मिलाउदै हाम्रो पालो नआउने भयो । म पनि मन्त्रीको लाईनमा थिए । अहिले नाम आएन । खै के भन्नु । यस्तै छ हाम्रो पार्टीको मनपरी ।
प्रतीक्षा तिवारी मुखिया, धनुषा हाम्रो पार्टीले महिला अधिकारको विषयमा दूनियाँलाई पाठ पढाउँदै हिँड्छ । आफैले गर्ने बेला चाहिँ एक जना पनि महिलालाई राखेन । यो किनभने पार्टीलाई नै सोध्नु होला । मन्त्री छान्ने जिम्मा अध्यक्षलाई दिइएको थियो । अध्यक्षले एकजना पनि महिलालाई योग्य देख्नु भएन । ठीकै छ ।