राजनीति

ओली सरकारका सबै सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग

ओली सरकारका सबै सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग
parliyamentसाउन ३० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफू नेतृत्वको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । व्यवस्थापिका संसद्को आइतबार बसेको बैठकमा नेकपा एमालेका सांसद् केशव बडालले विशेष समय लिएर बोल्दै भारत र चीन दुवै मुलुकसँग अघिल्लो सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणमा विशाखापट्टनम बन्दरगाहको प्रयोग गर्ने सम्झौता कार्यान्वयन गर्न तथा सीमा क्षेत्रको ८ किलोमिटरसम्म कुनै पनि संरचना नबनाउनका लागि भारतको ध्यानाकर्षण गराइनुपर्ने बताए । यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा पारवहन तथा यातायात सम्झौता र रेलमार्ग बनाउने सहमति कार्यान्वयनका लागि आवाज उठाइनुपर्ने एमाले सांसद् बडालले बताए । बैठकमा नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले एमआरपी पासपोर्टको मूल्य ५ हजार रुपैयाँ मात्र कायम गर्न र सबै जिल्लाबाट पासपोर्ट दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

nekapa umale samsad vaban

विशेष