राजनीति

नेपाली बाबु स्टाइलमा राम कार्की शितल निवास पुग्दा प्रचण्डको यस्तो हाउभाउ

नेपाली बाबु स्टाइलमा राम कार्की शितल निवास पुग्दा प्रचण्डको यस्तो हाउभाउ
Mantri Safat Grahan नेपाली बाबु भन्ने चलचित्रमा भुवन केसी दौरा सुरवाल र ढाका टोपीमा ढल्किएका हुन्छन् । नेपाली बाबुको पहिचान दिन उनले पोशाकलाई माध्यम बनाएका थिए । त्यही शैलीमा झुल्किए राम कार्की । बिहानसम्म सुरेन्द्र अर्थात राम कार्की पूर्वी नेपालमा थिए । उनको शैली हेर्दा मन्त्री भइहाल्लान भन्नेजस्तोपनि देखिएको थिएन । तर, कार्कीको तयारी भने भित्रभित्रै गजबको रहेछ । सपथ खान डाकिएसँगै उनि काठमाडौं हानिए । घरमा पुगेर माओवादीकै शब्दमा ‘सामन्ती’ पोशाक लगाए र शासनको तयारी थाले । Mantri-Safat-Grahan-sanchar-mantri-ram-karki-1-nepalaaja कार्कीले लगाएको पोशाक माओवादीका लागि त नयाँ अभ्यास थियो नै, अरु दलका लागि नयाँनयाँ नै थियो । खद्दरको दौरा सुरवाल र कोटमा उनले ढाकाको इष्टकोट र पाल्पाली टोपी लगाएका थिए । माओवादीमा दौरा सुरवाल लगाएर मन्त्रीको सपथ लिने कार्की पहिलो व्यक्ति हुन् । कार्कीलाई बिल्कुलै फरक पोशाकमा देख्दा कोट पाइन्टमा शितल निवास पुगेका माओवादीका अन्य मन्त्रीहरु एकअर्कालाई हेर्दै मुस्कुराएका थिए । कार्की आइयो कमरेड यसरी भन्दै समकक्षीहरुसँग हात मिलाएका थिए । Mantri-Safat-Grahan-sanchar-mantri-ram-karki-2-nepalaaja कोटप्यान्टमा सजिएका प्रधानमन्त्री प्रचण्डले चाख मानेर राम कार्कीलाई हेरेका थिए । पोशाककै कारण प्रचण्डले नियालेको बुझेका कार्कीले पनि प्रचण्डलाई मुस्कानमार्फत नै जवाफ फर्काएका थिए । प्रचण्डले कार्कीको इष्टकोटमा विशेष ध्यान दिएका थिए । दौरा सुरवाल नलगाएपनि प्रचण्डले कुनै बेला पाल्पाली इष्टकोट खुबै लगाएका थिए । Mantri-Safat-Grahan-sanchar-mantri-ram-karki-3-nepalaaja मन्त्री रहंदा शक्ति बस्नेत, टोपबहादुर रायमाझी र मन्त्री नहुंदा नारायणकाजी श्रेष्ठ दौरासुरवालमा सजिइसकेका छन् । कुनैबेला माओवादी कमाण्डर रहेका नन्दकिशोर पुन उपराष्ट्रपति हुंदै गर्दा नन्दबहादुर पुन बने । उनको नाममात्रै नयाँरुपमा अघि आएको थिएन, पहिरनपनि नयाँ देखिएको थियो । सक्रिय राजनीति छाडेर संवैधानिक पदमा गएका उनले दौरा सुरवाल लगाएर धेरैको मन जितेका थिए । त्यसयता उनी औपचारिक कार्यक्रममा दौरासुरवालमै देखिने गर्दछन् । Mantri-Safat-Grahan-sanchar-mantri-ram-karki-5-nepalaaja प्रचण्डले पनि दौरा सुरवाल लगाउने कार्कीले दौरा सुरवाल कुनै शासक पोशाक नभएको प्रतिक्रिया दिएका छन् । नेपालको ठूलो हिस्साले पहिरिने पोशाकको आफ्नै परम्परा र महत्व रहेको उनको भनाइ छ । बिस्तारै सबैले लगाउने भन्दै उनले प्रचण्डले पनि सो पोशाक लगाउन सक्ने संकेत गरेका छन् । Prachanda 4 copy प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री हुंदा दौरासुरवाल लगाउनुपर्ने चर्चा लाजिम्पाटमा चलेको थियो । तर, कुनै सास्कृतिक पर्वको सन्दर्भ मिलाएर लगाउने भन्दै प्रचण्ड उम्किएका थिए । प्रचण्डले कुनै दिन दौरा सुरवाल लगाएमा कुनै अनौठो हुनेछैन । सुटप्यान्टमा भादगाउंले टोपी नसुहाएको प्रतिक्रिया त उनले धेरैतिरबाट पाइसकेकै छन् ।

विशेष