प्रचण्ड सरकारले उदार नीति लिएपछि मधेसी मोर्चाले एकपछि अर्को माग बढाउन थाल्यो
साउन ३१ । मधेस आन्दोलनको क्षति सम्बोधनमा पुष्पकमल दाहाल नेतृत्वको सरकार उदार हने संकेत पाएपछि मधेसकेन्द्रित दल एकपछि अर्को माग थप्न थालेका छन् । सत्तारुढ गठबन्धन संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई जसरी पनि मनाउने मनस्थितिमा रहेको चाल पाएसँगै मोर्चाले मागसूची लम्ब्याएको हो ।
अघिल्लो केपी शर्मा ओली नेतृत्व सरकारले मधेस आन्दोलनमा ४२ जनाले ज्यान गुमाएको सूची पेस गरेको मोर्चाले दाहाल प्रधानमन्त्री भएपछि को पहिलो बैठकमा त्यो संख्या ४८ पुर्याएको हो । ओली सरकारलाई मोर्चाले परे गरेको सूचीमध्ये अझैसम्म १३ जनाको परिवारले राहत नपाएको, तीन जनाका परिवारले पाँचलाख रुपैयाँ मात्र पाएको मोर्चाका नेताले बताउँदै आएका छन् । गृहमन्त्रालयका अधिकारी भने मोर्चाले पेस गरेको मध्ये ९ परिवारले मात्र राहत नपाएको दाबी गर्छन ।
मोर्चाले पछिल्लो समय ३० दलीय आन्दोलनक्रममा थप चार जना र लिम्बुवानको आन्दोलनमा दुई गरी मृतकको संख्या बढेको जनाएको हो । नागरिक दैनिकबाट