उपप्रधानमन्त्री महराले चीनकालागि बोकेका तीन सन्देश यस्ता छन्
साउन ३१ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा तीन महत्वपूर्ण सन्देश बोकी सोमबार चीन प्रस्थान गर्दैछन् ।
चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, परिवर्तित राजनीतिक अवस्था तथा प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी बाटो र नेपाल–चीनबीचका सम्झौता सम्बन्धमा सरकारको प्रतिबद्धतासम्बन्धी स्पष्ट सन्देश लिएर महरा चीन जान लागेका हुन् ।
पाँच दिने चीन भ्रमणका क्रममा उनले मंगलबार गर्ने महत्वपूर्ण राजनीतिक भेटघाटका बेला ती नसन्देश उनले चिनियाँ नेतालाई सुनाउने तथा हस्तान्तरण गर्नेछन् । नागरिक दैनिकबाट