कार्यकर्ताको श्रीमतीसँग सम्बन्ध राख्दा माओवादीका यी मन्त्री विगतमा कारबाहीमा परेका रहेछन्
साउन ३१ । माओवादी केन्द्रमा मन्त्रीहरु भागबण्डामा परेका छन् । पुष्पकमल दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको कोटामा बन्ने परम्परालाई बाबुराम हिड्दा भारतीय शतिmलाई मन्सिने काम गरिएको गुनासोले रन्किएको छ । भारतीय राजदूतावास निकट मानिएका माओवादी केन्द्रका नेता प्रभु साहले कानूनमन्त्री खाएनन् । उनलाई कानून मन्त्री बनाउने निश्चित थियो ।
उनी नगएपछि सिरहाका समानुपातिक सांसद् अजयशंकर नायक कानुन मन्त्री बने । सिरहा ५ मा प्रचण्डलाई जिताउने विशेष भूमिका खेलेका कारण नायक कनिष्ठ हुँदा पनि सांसद् र मन्त्रीको उपहार प्रचण्डले दिए र शिवकुमार मण्डल, अमर मण्डल, सत्यनारायण भगतलाई प्रचण्डले चाहेनन् । संकटको समयमा पनि उनीहरुले प्रत्यक्ष चुनाव जितेर आएका थिए र प्रभु समहलाई संचार दिलाउन दबाब थियो ।
भारतीय लवीका राम कार्कीलाई बनाएर उनलाई पछि हटाइयो । सिक्किमको मुख्यमन्त्रीको निकट मानिएका राम कार्कीलाई उतैको इशारामा मन्त्री बनाइएको माओवादी केन्द्रमा चर्चा छ । उनकी धर्मपत्नी सिक्किम सरकारकै उच्च तहमा जागिरे छिन् । राम कार्कीको परिवार र जायजेथा उतै छ ।
विगतमा पार्टी कार्यकर्ताको श्रीमतीसँग अनुचित सम्बन्ध राखेका आरोपमा पार्टीले कारबाही गरेपछि उनी भारतले निलेको सिक्किम राज्यमा पुगेर चाम्लिङको वफादार भएर काम गरेका थिए । उनी चाम्लिङको आर्थिक कारोबारमा समेत जाडिएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक अनुसन्धान गरिरहेको आयोग स्रोतले बताएको छ । साँघु साप्ताहिकबाट