बामदेव गौतमलाई बुझिनसक्नुः आफ्नै अध्यक्षलाई बद्नाम गर्छन्, अर्काका अध्यक्ष प्रचण्डको जयजयकार !
साउन ३१ । नेकपा एमालेको स्थायी समितिमा उपाध्यक्ष बामदेव गौतम अध्यक्ष केपी ओलीविरुद्ध खनिएका छन् । ओलीविरुद्ध बामदेवले राखेको धारणा नयाँ पत्रिकाले सोमबार यसरी लेखेको छः
‘समीकरण जोगाउन वैशाखमा मेरो सहयोग लिनुभो, जोगाइयो । त्यसपछि कुनै नेताको पनि सहयोग आवश्यक ठान्नुभएन । बालुवाटारमा मलाई नमस्कार गर्ने समय पनि दिनुभएन । उल्टै तपाईका मान्छे प्रचण्डलाई प्रधानमन्त्री बनाउन लागिपरेको छ भन्दै मेरो दुष्प्रचारमा लागे । म ग्यारेनटीका साथ भन्छु, तपाईले हामीलाई जिम्मा दिएको भए यो सरकार अझै चल्थ्यो । चिनियाँ राष्ट्रपति आउन्जेल टिक्थ्यो ।
त्यसपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पथ्र्यो । प्रचण्ड अस्थिर छन्, माओवादी कमजोर बन्दैछ, त्यो आफ्नो ठाउँमा छ । तर, प्रचण्डले सहयोग नगरेको भए तपाई एक मिनेट प्रधानमन्त्री बन्न सक्नुहुन्न थियो । ’