ओली सरकार ढाल्ने बित्तिकै कृष्णबहादुर महराको मुद्धा अख्तियारले मुल्तवीमा राख्यो
काठमाडौं । अख्तियार दुरपयोग गर्दै अकुत सम्पित्तिआर्जन गरेका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका र भर्खरै उपप्रधान तथा अर्थमन्त्री भएका कृष्णबहादुर महरा र राप्रपाको तर्फबाट सरकारमा सहभागी ठेकेदार विक्रम पाण्डेको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुल्तवीमा राखेको थाहा भएको छ ।
मन्त्रीमा सपथ हुनु अघिल्लो दिन २०७३ साउन १९ गते महराको मुद्दालाई अख्तियारले मुल्तवीमा राखेको जानकारी अख्तियारले दिएको थियो । अख्तियारको छानबिनमा परेका विक्रम पाण्डेको मुद्दा पनि त्यसै दिन मुल्तवीमा राखिएको हो । मन्त्री महरा र पाण्डेले अख्तियारमा विन्ती पत्र हालेर आफूमाथि अख्तियारले छानविन गरिरहेको मुद्दाको अवस्थाका बारेमा जानकारी माग गरेका थिए । अखितयारको छानविनमा परेकाहरुले अख्तियारमा बिन्तीपत्र बुझाएपछि जानकारी दिने नियम भएकाले दुवै आरोपीको मुद्दा मुल्तवीमा राखिदिएको अख्तियार स्रोतले बतायो । अख्तियार दुरुपयोग अनुसन्धानमा मेरो बारेमा यसरी उजुरी परेको र उजुरीको बारेमा के कसो भएको छ जानकारी पाऊ भनेर निवेदन हालेपछि मुद्दाका बारेमा सम्बन्धितलाई जानकारी दिने गरिन्छ । अख्तियार स्रोतले भन्यो , महरा र पाण्डेले यस्तै बिन्तीपत्र हालेर आआफ्नो मुद्दाको बारेमा जानकारी प्राप्त गरेका छन् ।
अख्तियारले यसरी तामेलीमा राखेको मुद्दा कुनै पनि बेला अघि बढ्न सक्छ । अकुत सम्पत्तिको मुद्दा तामेलीमा राख्न सफल भएर महरा उपप्रधान तथा अर्थमन्त्री बनेपनि उनको टाउकोमा डेमोकसको तरबार भने झुण्डी रहेको छ । महराको मुद्दा तामेलीमा भएपनि कुनै पनि बेला अघि बढ्न सक्छ । अख्तियार स्रोतले भन्यो । महरामाथि भारतलाई रिझाएर मन्त्री बनेको आरोप लागेको छ । – साँघु साप्ताहिकबाट