नेविसंघ महाधिवेशनः उम्मेदवारी दर्ता शुरु
साउन ३१ । नेपाली कांग्रेसको नर्सरी संगठन नेपाल विद्यार्थी संघको जारी महाधिवेशन विवादका बाबजुद निर्वाचन प्रक्रियामा गएको छ ।
सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता तोकिएको छ । निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी नैनसिंह महरले चुनावको प्रक्रियासँगै अब निर्वाचन निश्चित भएको जानकारी दिए ।
तीन दिनका लागि भनिएको महाधिवेशन सोमबार नवौं दिनमा पुगेको छ । प्रतिनिधि विवादले नेविसंघको महाधिवेवशमा विवाद उत्पन्न भएको थियो । विद्यार्थी संगठनको यस्तो विवादका कारण नेपाली कांग्रेसले सरकारमा आफ्ना नयाँ मन्त्री पठाउनसमेत सकेको छैन ।
सातपटक मिति तोकेर पनि नेविसंघको महाधिवेशन टर्दै आएको थियो ।