राजनीति

क्रान्तिकारीद्वारा तीन कलेजमाथि कारबाही

क्रान्तिकारीद्वारा तीन कलेजमाथि कारबाही
साउन - ३१ । अखिल क्रान्तिकारीले बन्दका दिन कक्षा सञ्चालन गर्ने काठमाडौँका तीनवटा कलेजमाथि कारबाही गरेको जनाएको छ । अखिल क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेका अनुसार काठमाडौँ मोडेल नर्सिङ कलेज र एसएमएस कलेजले बन्दका दिन कक्षा र प्रशासन सञ्चालन गरेकाले ती कलेजमाथि अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेका हुन् । काठमाडौँ मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालय र सिटिइभिटीबाट सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ भने एसएमएस कलेज, बनस्थलीले सिटिइभिटीका कार्यक्रम सञ्चालन गरिरहेको अखिल क्रान्तिकारीले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी शङ्करापुर एकेडेमी जोरपाटीमा अखिल क्रान्तिकारीका कार्यकर्ताले तोडफोड गरेको अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले बताए । रासस

Karntikari Karntikari Bidharti Sangathan

विशेष