दृष्टि साप्ताहिकले लेख्यो, ‘दुई एजेन्टको दुईतिर भ्रमण’
साउन ३२ । ओली सरकार ढाल्न दुई पात्रले एजेन्टको रुपमा मुख्य भूमिका खेलेका कुरा अब लुकाइरहनु पर्ने विषय रहेन । कांग्रेसका विमलेन्द्र निधि र माओवादीका कृष्णबहादुर महरा, यी दुई पात्र गत वैशाखदेखि नै दिल्लीमा गोप्य शैलीमा भारतीय अधिकारीसँग समन्वय गरी ओली सरिकारी ढाल्ने षडयन्त्र गरेका थिए । पहिलोपटक बजेट आउनै नदिने षडयन्त्र विफल भएपनि दोस्रो पटब बजेट पास भइसकेपछि षडयन्त्र सफल पारेरै छाडे । पुरस्कारस्वरुप निधिले उपप्रधानसहित गह र महराले उपप्रधानसहित अर्थ मन्त्रालय पाउन सफल भए ।
निर्विवाद मन्त्रीको दाबेदार बनेका दुवै ऐन्जट प्रचण्ड सरकारको दूत बनेर मालिकको चाकरीका लागि भारत र चीन पठाइएका छन् । महरा चीन पुगिसकेका छन् भने निनिध बिहीबार भारत जाँदैछन् । –दृष्टिसाप्ताहिकबाट