अब पाउँदैछन् सांसदले खाजा खर्चका लागि नगद चार सय
साउन ३२ । व्यवस्थापिका संंसदका समितिहरुको बैठकमा अबदेखि सांसदले खाजा खाना नपाउने भएका छन् । संसद सचिवालयले १ भदौदेखि लागू हुने गरी साँझ बिहान बैठक बस्दादेखि लागू हुने गरी साँझ बिहान बैठक बस्दा उपलब्ध गराउँदै आएको खाना खाजा उपलब्ध नगराउने निर्णय गरेको हो । यसअघि सांसदले संसदका समितिको बिहान ९ बजेअगाडि र साँझ ७ बजेपछाडि बैठक बस्दा कुपनका आधारमा खाजा र खानाको व्यवस्था गरिँदै आएको थियो ।
सभामुख ओनसरी घर्तीको उपस्थितिमा आइतबार बसको सचिवालय बैठकले अबदेखि खाजा र खानाको कुपनको साटो बैठकमा उपस्थिति भएको हाजिरीका आधारमा सम्बन्धित संसदलाई आफ्नै खातामा थप भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । संसदीय समिति बैठकमा सहभागी सांसदलाई चार सय रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय भएको छ । बिहानको बैठकको लागि चार सय र साँझ सात बजेपछि बैठक बस्नु परेमा थप चार सय गरी आठ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएका छ । नयाँ पत्रिकाबाट