विचित्र विश्व

बलात्कृत महिलामात्र बस्ने एक अनौठो गाँउ

बलात्कृत महिलामात्र बस्ने एक अनौठो गाँउ

एजेन्सी ।  केन्याको संभरु राज्यको उमोज गाउँमा बलात्कृत महिला मात्र बसोबास गर्ने गर्दछन् ।

यहाँ बलात्कृत महिला स्वतन्त्र रुपमा बसोबास गर्ने गर्दछन् । यस गाउँमा पुरुषहरु प्रवेश गर्नमा निषेध गरिएको छ । यहाँ बसोबास गर्ने महिलाहरु पुरुषको अत्याचारबाट पीडित भएका हुन्छन् । त्यतिमात्र होइन उनीहरु घरेलु हिंसाबाट पनि पीडित भएका हुन्छन् ।

यस गाउँमा सर्वप्रथम ब्रिटिस अर्मीबाट बलात्कृत दुई जना महिलाहरु ल्याएर राखिएको थियो । तर पछि आएर यहाँ घरेलु हिंसा, बलात्कृत, बालविवाहको सिकार भएका महिला बसोबास गर्ने गर्दछन् । आज पनि यि महिलाहरुको जीवन एकदमै कठिन रहेको छ तरपनि यी महिला धेरै खुसी छन् किनकी यिनीहरुले पुरुषको अत्याचार सहनु पर्दैन् ।

Woman Rape

विशेष