विचित्र विश्व

लेखन कार्यमा प्रविधिभन्दा कलम-कापीको फाइदा यस्तो छ, थाहा पाइराख्नुहाेस्

लेखन कार्यमा प्रविधिभन्दा कलम-कापीको फाइदा यस्तो छ, थाहा पाइराख्नुहाेस्
Keyboarding-vs-Handwriting-900x350 कम्प्युटर, ल्यापटप तथा स्मार्टफोनको विकासले गर्दा लेख्नका लागि कलम कापी प्रयोग गर्ने क्रम बिस्तारै कम हुँदै गएको छ । तर मानिसको मस्तिष्कको विकासका लागि भने लेख्न कलम र कापी प्रयोग गर्नु उपयुक्त हुने विशेषज्ञहरु बताउँछन् । कम्प्युटर, ल्याप्टप वा स्मार्टफोनमा भन्दा कलम र कापी प्रयोग गरेर लेख्ने मानिसको मस्तिष्कको विकासका लागि फाइदाजनक हुने ग्रफोलोजिस्ट तथा ह्याण्डराइटिङ विशेषज्ञ डा. मार्क साइफरले बताएका छन् । मार्कका अनुसार कलम र कापी प्रयोग गरेर लेख्नेको मस्तिष्क प्रविधि प्रयोग गर्नेको तुलनामा शान्त हुन्छ । कुनै पनि कुरा कर्सिभमा सुन्दर तवरले लेख्ने गर्दा मानिसको बायाँ मस्तिष्कले दायाँ मस्तिमष्कसँग समन्वय बढी गर्ने मार्कले बताए । मस्तिष्कको बढी प्रयोग गर्न र दायाँ तथा बायाँ दुवै मस्तिष्कलाई सक्रिय बनाउनु कलम र कापी प्रयोग गरेर गरिने लेखनले सहयोग गर्ने बताएका छन् । कलम र कापी प्रयोग गरेर लेख्ने बालबालिकमा प्रविधिको प्रयोग गरेर लेख्नेहरुमा भन्दा बढी समन्वयात्मक क्षमता हुने ग्रफोलोजिस्ट डा. मार्कले बताए । मार्कका अनुसार प्रविधिको प्रयोग गरेर लेख्दा छिटो हुने भएकाले रचनात्मक क्षमता कम हुन्छ, किनकि कुनै पनि कुरामा सोच्नका लागि समय नै हुँदैन । तर हातले नै लेख्दा भने तुलनात्कम रुपमा ढिलो हुने र त्यसले नयाँ कुरा सोच्नका लागि समय मिल्ने भएकाले रचनात्मक क्षमता वृद्धि हुने उनको तर्क छ । हातले नै लेखिएको कुरा प्रविधिको प्रयोग गरेर लेखिएका भन्दा लामो समयसम्म सम्झिन सकिने मनोवैज्ञानिकहरुको भनाई छ । टाइपिङ गर्दा भन्दा हातैले लेख्दा मानिसको दिमाग बढी सक्रिय हुन्छ । किनकि टाइप गर्दा लेख्ने काम मात्रै हुन्छ भने हातैले लेख्दा लेख्ने र पढ्ने काम सँगसँगै हुन्छ । एजेन्सीको सहयोगमा

Computer Vs Hand Writing

विशेष