म्यादी सरकारलाई चीनले नपत्याएको संकेत, उसले सोध्यो, ‘अघिल्लो सरकारले गरेका सम्झौता कार्यान्वयन गर्ने नीति छ कि छैन ?’
भदौ १ । पूर्ववर्ती सरकारले चीनसँग गरेको सन्धि–सम्झौता तथा सहमति पालना हुने–नहुनेमा चीनले पुष्पकमल दाहाल नेतृत्वको सरकारसँग नीतिगत स्पष्टता खोजेको छ ।
नयाँ सरकारका विशेषदूत हैसियतमा चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहाुदर महरा र चिनियाँ विदेशमन्त्री वाङयीबीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा चीनले नेपाल–चीन सन्धि–सम्झौता यथाशीघ्र कार्यानवयनमा जोड दिँदै नेपालसँग यसबारे नीतिगत स्पष्टता र नीतिगत स्थिरता मागेको हो ।
यीले नेपाल सरकारले चीनलाई हेर्ने नीति, नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन र दलहरुबीचको सहमति तथा सहकार्यसहित चार विषयमा स्पष्ट रुपमा आफ्नो धारणा राखेका थिए । नागरिक दैनिकबाट