व्यभिचारीको आरोप लागेका कृपासुर शेर्पाको गाडीमा निरु पाल भेटिएको विषयले हंगामा
भदौ १ । पूर्वप्रधानमन्त्री केपी ओलीलाई सचिवालय व्यवस्थापनका कारण तनाव भएको छ । प्रधानमन्त्री भएकै बेला आफ्नो सचिवालयमा आएर आफ्नै मन्त्रीविरुद्ध षड्यन्त्र गर्नेदेखि आफूलाई थाहा पत्तो नदिई विभिन्न व्यक्तिसँग विषयामा ‘डिल’ गर्ने कुराले अन्तिम दुई महिना ओलीका लागि तनावपूर्ण बनेको थियो ।
जनआस्था साप्ताहिकका अनुसार प्रधानमन्त्री पदसँगै सिंहदरबार छाडेपछि त्यो तनाव बालकोट र धुम्बाराही पुग्यो । पार्टी कार्यालयमा निरुदेवी पाल, रमेश आचार्यहरुसँग अन्य ढंगले कुरा गर्दा फेला नपर्ने, तर सचिवालयको मान्छेका रुपमा कुनै पनि रेस्पोन्स नगर्न आन्तरिक निर्देशन नै जारी भएको छ । केपी ओलीका सरोकारहरु राजेश ब्रजचार्य, चेतन अधिकारी र रमेश भट्टराईसँग मात्रै राख्न भनिएको छ ।
त्यसबाहेक, केही गरी केन्द्रीय नेताले चाहेको बेला अध्यक्ष उपलब्ध नभएमा सचिवालय सचिव प्रदीप ज्ञवाली वा कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठमार्फत सारोकार राख्न पनि भनिएको छ । निरु पालहरुले ओलीको सचिवालयमा बसेर केही आर्थिक र केही आन्तरिक विषयमा विवाद ल्याएको स्रोतले बताएको जनआस्थाले उल्लेख गरेको छ । सिंहदरबारमै हुँदा पनि निरु प्रधानमन्त्रीको काममा भन्दा कृपासुर शेर्पाको काममा, उनको डिजाइनमा लाग्ने गरेको आरोप थियो ।
नभन्दै गत सोमबार निरुलाई कृपासुरकै गाडीमा भेटिएको र त्यहाँ नटवरलाल दीपक पाठक पनि रहेको सूचना पार्टी कार्यालयमा पुगेको छ । कृपासुरको आर्थिकबाहेकको अर्को मिसन छ, शेरधन राईको पत्ता काट्ने । यही प्रयोजनका लागि उनीहरुले दोलखाकी बालिका खड्कालाई उकास्नुसम्म उकासे । अति भएपछि शेरधनले ओलीलाई कल डिटेल्सको ढड्डा लगेर बुझाए । त्यसबाट ओली सचिवालायमा बस्नेहरुको कनेक्सन कहाँ–कहाँ छ भन्ने कुरा खुलेको बताइन्छ ।