राजनीति

सांसदहरुद्वारा आयोग भंग गर्न माग

सांसदहरुद्वारा आयोग भंग गर्न माग
bicc भदाै - १ । स्थानीय तहको सीमाना तथा संख्या निर्धारणका क्रममा सत्तारुढ दलका सांसद्हरु पनि विभाजित भएका छन् । सांसदहरुले गठित आयोगमाथि संघीयता असफल बनाउने प्रयास गरेको आरोप लगाउँदै आयोग नै भंग गर्न माग गरेका छन् । बुधबार बसेको व्यवस्थापिका संसद्को बैठकमा सत्तारुढ दलका सांसद्हरुले वैज्ञानिक आधार विना स्थानीय तहको सीमाना निर्धारण गरेको बताएका छन् । बिना आधार ५ सय ६५ वटा स्थानीय तहको प्रस्ताव गरेर आमजनतामा झगडा पारी संघीयता नै असफल बनाउने प्रयास गरेको पनि सासदहरुले आरोप लगाएका हुन् । नेपाली काँग्रेसका सांसद् जीवनबहादुर शाहीले आयोगको प्रस्तावले आमजनतामा संघीयताप्रति नै नकारात्मक धारणा जाने बताए । उनले स्थानीय तहको संख्या प्रस्तावमा आयोगले सघीयता सफल हुन नदिने पनि आरोप पनि लगाएका छन् । उपस्थित सांसदहरु सबैले आयोगको प्रस्तावित संख्याप्रति आफूहरु सन्तुष्ट नरहेको बताएका छन् । विभाजित सांसदहरुले स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्दा जनसंख्यालाई भन्दा भूगोललाई बढ्ता प्राथमिकता दिनुपर्ने बताएका छन् । त्यस्तै आयोगले अहिले प्रस्ताव गरेको संख्या बढाइनुपर्ने पनि उनीहरुले माग गरेका छन् ।

BICC Samsad

विशेष